Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्छु : नारायणकाजी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३२, काठमाडौं | नेकपा माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले सबैभरी असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको एक्यवद्धता हुनुपर्ने बताए ।

कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा अक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए ।

कार्यक्रममा उनले अब वामपन्थीहरु कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए । उनले यसअघिको कम्युष्टि पार्र्टीहरुको एकतालाई जोगाउन नसकेकोमा आत्माअलोचना पनि गरे । उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए ।