पढ्न करिब 1 मिनेट लाग्छ

साउन ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनित भएका छन । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनित गरेका हुन ।

अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे ।

राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आवश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।