Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘काँग्रेस ८० सिटसम्म मान्छ होला’: प्रचण्ड

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २८, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।

स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको पोखरेलको भनाई छ ।

कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए । ‘अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राख्नुभयो ।

आजको बैठकमा भएको छलफल अनुसार नै कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न आग्रह गर्नुभयो,’ पोखरेलले रातोपाटीलाई बताए । त्यस्तै आजको बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि स्थायी समिति सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।