Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्वोच्च जाने तयारीमा थिए चोलेनद्र तर प्रहरीले घरमै गएर गेटमा ताला हालिदियो !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, काठमाडौँ | निलम्बित सर्वोच्चका प्रधानन्यायाधीश जबरा आजबाट सर्वोच्च अदालत जाने तयारीमा थिए । नेपाल प्रहरीले चोलेन्द्रशमशेर जबराको निवासको गेटमै साँचो हालिदिएको छ ।

आफूमाथि महाअभियोग लगाउने संसदको कार्यकाल नै सकिएको भन्दै मुद्धा स्वत निस्क्रिय भएको दावी चोलेन्द्रको छ । उनले शनिबार साँझ नै सवोच्च प्रशासनलाई टेलिफोन गरि आफू आईतबारबाट नियमित रुपमाले उपस्थित हुने बताएका जानकारी दिएका थिए ।

उनी आईतबार ११ बजे सर्वोच्च जाने तयारीमा थिए । तर उनलाई प्रहरीले घरबाट निस्कनै दिएन । ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो,’ उनले भने ।

चोलेन्द्रको निवास बाहिरा प्रहरीसमेत मनग्ये परिचालन गरिएका छन् । संसदको कार्यकाल शनिबार साँझदेखि सकिएको छ । चोलेन्द्र सर्वोच्च जाने खबर पाएलगत्तै उनलाई प्रवेश नदिन गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

चोलेन्द्रको सर्वोच्च प्रवेश गर्ने अभिव्यक्तिलाई नेपाल बार एसोसिएसनले बिरोध गरेको छ । चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक लागाउनेसमेत बारले बताइसकेको छ ।