Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अदालतको आदेशको बेवास्ता गर्दै महानगरकाे टुकुचा उत्खनन् जारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ३, काठमाडौं | काठमाडौं महानगरपालिकाले टुकुचा खोलामा आजपनि उत्खनन जारी राखेको छ । महानगरपालिकाको डोजर सहितको टोलीले सोमवार हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

यसअघि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको सो आदेशको बेवास्ता गर्दै महानगरले उत्खनन जारी राखेको हो । टुकुचाको भूमिगत सुरूङमाथि निर्माण गरिएको घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनले कानुनी रित नपु¥याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन भनेको थियो । उच्च अदालतले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपु¥याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन भनेको हो ।

टुकुचा अतिक्रमण गरेको भन्दै सम्भावित क्षेत्र पहिचान गरेर महानगरले केही दिनदेखि हात्तीसार क्षेत्रमा डोजर चलाइरहेको छ । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक, सिद्धार्थ बैंक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ ।

चार मिटर कायम गर्नेगरी टुकुचाको व्यवस्थापन गर्ने महानगरको योजना छ । टुकुचाको भूमिगत सुरूङ निर्माण सम्बन्धी ऐतिहासिक दस्तावेजहरू खोजी गरी विस्तृत अध्ययन गर्ने महानगरले जनाएको छ ।