२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकीका १३ मेयर र १३ उपमेयर कारबाहीमा, जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

२०७९, ४ आश्विन मंगलवार ०४:१०

असोज ४, पोखरा | गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ । निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् ।

यस्तै, नगरपालिका तर्फ मेयरका पराजीत ९६ उम्मेद्वार र उपमेयरका पराजीत ६४ जना उम्मेद्वारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार नगरपालिकाका ७ प्रमुख र १ उपप्रमुखका उम्मेद्वारलाई कारबाही भएको छ ।

बेशीसहरका निर्वाचित मेयर गुमानसिंह अर्याल र उपमेयर पद्या गुरुङ सहित मेयरका ४ उम्मेद्वार र उपमेयरका ३ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । मध्येनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे र उपमेयर सीता गुरुङ सहित ६ प्रमुख र ५ उपप्रमुखका उम्मेद्वार कारबाहीमा परेका छन् भने राइनासका निर्वाचित मेयर खड्कबहादुर गुरुङ र उपमेयर पुष्पराज खनाल सहित ५ प्रमुख र ४ उपप्रमुख कारबाहीमा छन् ।

सुन्दरबजारको ३ मेयर र ४ उपमेयरका उम्मेद्वार कारबाहीमा परे । उनीहरु सबै पराजीत भएका हुन् । कुश्माका ३ मेयर र ३ उपमेयर उम्मेद्वारले खर्च विवरण सार्वजनिक गरेका छैनन् । फलेवासका ५ मेयरका उम्मेद्वार र १ उपमेयरका उम्मेद्वार पनि कारबाहीमा परेका छन् ।

गल्याङ नगरपालिकाका २ मेयर र ३ उपमेयर उम्मेद्वार कारबाहीमा छन् भने चापाकोटमा निर्वाचित मेयर देवबहादुर खाँड र उपमेयर इशा राना सहित २ प्रमुख र ३ उपप्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ । पुतलीबजारमा उपमेयर उम्मेद्वार एकजना कारबाहीमा परे । भीरकोटमा निर्वाचित मेयर गोविन्द कर्माचार्य र उपमेयर भगवती रेग्मीले खर्च विवरण दिएका छैनन् । मेयर उम्मेद्वार नरभुपाल दमाई पनि कारबाहीमा परेका छन् ।

वालिङका २ मेयर तथा १ उपमेयर, बेनीमा २ मेयर र ३ उपमेयर उम्मेद्वार, गल्कोटमा ४ मेयर र १ उपमेयर, जैमिनीमा २ प्रमुख र १ उपप्रमुख तथा ढोरपाटनका २ प्रमुख र १ उपप्रमुखलाई कारबाही भएको छ । बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र उपमेयर राजु खड्का सहित ४ प्रमुखका उम्मेद्वार र ३ उपप्रमुखका उम्मेद्वारलाई जनही ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।

कावासोतीमा निर्वाचित विष्णु भुषाल र उपमेयर फूलकुमारी थनेत सहित मेयरका ९ उम्मेद्वार र उपप्रमुखका ४ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । गैंडाकोटका मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइराला सहित मेयरका ५ उम्मेद्वार र उपमेयरका ५ उम्मेद्वारलाई कारबाही भएको छ । देवचुलीका हरि न्यौपाने र उपप्रमुख पार्वता तिवारी सहित मेयरका ८ उम्मेद्वार र उपमेयरका ६ उम्मेद्वार तथा मध्येविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी र उपमेयर पूर्णकला चौधरी सहित मेयरमा १० र उपमेयरमा उम्मेद्वारी दिएका ६ जना कारबाहीमा परे ।

तनहुँ स्थित भानुका मेयर आनन्दराज त्रिपाठी र उपमेयर उमा गोतामे सहित मेयरमा ५ र उपमेयरमा ५ जनालाई कारबाही भएको छ भने भीमादका मेयर दधिराज सुवेदी र उपमेयर शारदा खनाल सहित मेयरमा ५ र उपमेयरमा ४ जनाको खर्च विवरण बुझाउन बाँकी छ । व्यास नगरपालिकामा ५ प्रमुख र १ उपप्रमुख उम्ेमद्वार र शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक सहित मेयरमा ५ र उपमेयरमा ४ जनाले खर्च विवरण दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी