Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

समानुपातिकको सुचीबाट आफ्नो छोरीको नाम किन हटाए रामचन्द्र पौडेलले?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ६, काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सुचीबाट हटाएका छन्। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक सुचीमा शीर्ष नेताका आफन्तको नाम परेको भन्दै आलोचना भइरहेको बेला नेता रामचन्द्र पौडेलले छोरीको नाम सुचीबाट हटाएका हुन् ।

पौडेलले कास्की क्षेत्र न.१ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएकी छोरी संज्ञा पोखरेलको नाम समानुपातिक सुचीबाट हटाएका हुन् ।

संज्ञाको नाम गण्डकी प्रदेश सभा सदस्यको लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो भने उनलाई गण्डकी प्रदेशले समेत पहिलो नम्बरमा सिफारिस गरेको थियो । बन्द सुचीको नाम बुझाउने बारे छलफल भइरहदा पौडेलले संज्ञाको नाम हटाएका हुन् ।

संज्ञा केही महिना अघि घरको छतबाट चिप्लिएर लडेर उपचारपछि अहिले आराम गरिरहेकी छिन् ।