१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार सिफारिस नभएका एमाले नेता भीम रावलले भोलि आफ्नो धारणा सार्वजनिक गर्ने

२६ आश्विन २०७९, बुधबार ०९:५९

असोज २६, काठमाडौं । एमाले नेता भीम रावलले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आएका थिए । उनले उचित समयमा पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । 


रावलले बुधबार प्रेस नोट जारी गर्दै आगामी ४ मंसिरमा हुने निर्वाचनमा अछाम जिल्ला कार्यसमिति, प्रदेश, जिल्ला, वडा, पालिका, निर्वाचन क्षेत्र सबैतिरबाट एकल नाम सिफारिस भए पनि केन्द्रले सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएका हुन् । रावलले बिहीबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। उनले आफ्नो आगामी राजनीतिक यात्राबारे पनि त्यहीँ खुलाउने बताएका छन् ।

रावलले पछिल्लो समय पार्टीले वितरण गरेको टिकटबारे असन्तुष्टि जनाउँदै आएका छन् । उनले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिएको, जसपा सरकार र विपक्षी दुवै गठबन्धनमा रहेकोमा आपत्ति जनाएका छन् । त्यस्तै, प्रभु साहका सम्बन्धमा एमाले नेतृत्वले लिएको नीतिको पनि उनले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर