Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाली कांग्रेसभित्र देउवा गुट फुट्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३०, काठमाडौं | गुट उपगुटमा विभाजित नेपाली कांग्रेसभित्र कायम रहेको १३ औं महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ ।

पार्टीको प्रभावशाली भातृ संगठनको महाधिवेशन सुरू भएसँगै सभापति शेरबहादुर देउवाले भित्रिया गुटका नेतालाई बढी प्राथमिकता दिएको भन्दै देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा लागेको छ ।

१३औं महाधिवेशनअघि कांग्रेसभित्र कोइराला र देउवा दुई गुट मात्र थियो। त्यतीबेला संस्थापन पक्षका कोइराला समूहले ६० प्रतिशत र देउवा समूहले ४० प्रतिशतको भागबण्डामा पार्टीभित्रको आन्तरिक व्यवस्थापन गरिन्थ्यो। तत्कालिन सभापति शुसील कोइरालाको निधन भएपछि संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए। पार्टीको महाधिवेशनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि प्रभावशाली गुट बनाएका थिए । – नेपाल समाचार पत्र