२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैध नागरिकता नभएको स्वीकार गरे रवि लामिछानेले

२०७९, १ मंसिर बिहीबार ०९:३६

मङ्सिर १, काठमाडौँ । नागरिकता विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूसँग वैध नागरिकता नभएको स्वीकार गरेका छन्। उनको नागरिकताको वैधताबारे निर्वाचन कार्यालयले छानबिन गरिरहेको छ।

आयोगको छानबिन नटुङ्गिँदै उनी आफैँले’ अध्यागमनमा निवेदन दिएपछि अन्य प्रक्रियामा नगएको’ स्वीकार गर्दै आफूले प्रयोग गरिरहेको नागरिकता अवैध भएको पुष्टि गरेका छन्।

विदेशी नागरिकता लिँदा खारेज भएको नेपाली नागरिकता लिन अध्यागमनमा निवेदन दिनु पहिलो चरणको प्रक्रिया मात्र हो।

खारेज भएको नागरिकता ब्युँताउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर नयाँ नागरिकता लिन अपनाउनुपर्ने सबै प्रक्रिया अपनाएपछि मात्रै खारेज भएको नागरिकता ब्युँतन सक्छ।

उकेराले यसबारे उनीसँग कुरा गर्न प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेका छैनन्। बिहीबारको कान्तिपुर दैनिकमा उनको भनाई छापिएको छ जसमा उनले खारेज भएको नागरिकता ब्युँताउन अपनाउनुपर्ने प्रारम्भिक प्रक्रिया सुरु भएको तर नटुङ्गिएको पुष्टि भएको छ।

‘अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमनसँगको समस्या समाधान भएपछि अरू प्रक्रियामा गइएन,’ कान्तिपुर दैनिकसँग रवि लामिछाने भन्छन्’त्यसपछि कतै पनि प्रश्न उठेन।’

उनले कानुनी दायित्व अनुसार अमेरिकी नागरिकता लिए पनि नेपालमा जानकारी नदिएको स्वीकार गरिसकेका छन्। जब उनीसँग दोहोरो नागरिकता भएको पोल खुल्यो उनले गल्ती भयो भन्दै अमेरिकी नागरिकता त्याग्ने प्रक्रियामा गए। उनी विदेशी नागरिक रहेको पुष्टि भएसँगै उनले नेपालबाट लिएको २०५० को नागरिकता खारेज भयो।

उनले खारेज भएको नागरिकता ब्युँताउन निवेदन दिए पनि प्रक्रिया पूरा गरेनन्। उनले नै यो स्वीकार गरेकाले उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित भए पनि खारेज भएर उप-निर्वाचनमा जाने सम्भावना बढेको छ। उकेराडटकमबाट साभार


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट