मङ्सिर ६, काठमाडौँ । घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा २३ हजार ४१२ मत पाएको छ ।
आमनिर्वाचन भन्दा केहि महिना मात्र अघि गठन भएको सो दलले यो समाचार तयार पर्दासम्म प्रत्यक्षतर्फ ७ स्थानमा अग्रता कायम गरेको छ भने अन्य केहि ठाउँमा दोश्रो र तेश्रो स्थानमा मत पाएर अग्रता लिने कोसिस गर्दैछ ।
समानुपातिक तर्फ एमालेले सर्वाधिक मत पाएको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ५३ हजार २६० मत पाएको छ । त्यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४८ हजार २९९ मत पाएको छ ।
२०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्रले यो समाचार तयार पार्दासम्म २० हजार ८७० मत पाएर चौथो स्थानमा छ ।
अन्य दलको अवस्था सहित हेर्नुहोस् समानुपातिक मत अपडेट:
