पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ६, मकवानपुर | </b>मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले प्रतिस्पर्धी कमल थापासँग अग्रता फराकिलो बनाएकी छिन् । सत्ता गठबन्धनकी उम्मेदवार उपाध्यायले ७ हजार ५८० मत प्राप्त गरेकी छिन् ।<br></p><p>उनका प्रतिस्पर्धी राप्रपा नेपालका कमल थापा २ हजार ४७२ मतान्तरले पछाडि परेका छन् । थापाले ५ हजार १०८ मत प्राप्त गरेका छन् ।</p><p>राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह २ हजार ३७७ मतसहित तेस्रो स्थानमा छन् ।</p>

