पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ७, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ ।