२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा एमाले–कांग्रेसले पाँच लाख मत कटाए, यी हुन् १० हजार बढी मत ल्याउने दल

२०७९, ८ मंसिर बिहीबार ०७:४५

मंसिर ८, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले तीव्र गतिमा मत बटुलिरहेको छ । 

एमालेले ५ लाख ४५ हजार ९०९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९ हजार ८९८ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ८१ हजार ४५२ मतसहित तेस्रो स्थानमा छ । माओवादी केन्द्र २ लाख ५३ हजार ५९५ मतसहित चौथो स्थानमा रहेको छ । 

राप्रपा १ लाख ५० हजार ९८६ मतसहित पाँचौं, जसपा ६४ हजार २२८ मतसहित छैटौं तथा नेमकिपा ५१ हजार १५१ मतसहित सातौं, नागरिक उन्मुक्ति पार्टी ३७ हजार ७४३ मतसहि आठौं, जनमत पार्टी ३६ हजार ३७० मतसहित नवौं तथा नेकपा एस ३५ हजार ४२७ मतसहित दशौं स्थानमा छ । 

११ औं स्थानको हाम्रो नेपाली पार्टीले २१ हजार ४४५ मत, १२ औं स्थानको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले २० हजार ९५५ मत, १३ औं स्थानको राष्ट्रिय जनमोर्चाले १४ हजार २४६ मत तथा १४ औं स्थानको मंगोल नेशनल अर्गनाइजेशनले १० हजार ६७२ मत ल्याएको छ । 

प्रदेशतर्फ प्रदेश १ मा एमाले, मधेसमा कांग्रेस, बागमतीमा एमाले, गण्डकीमा एमाले, लुम्बिनीमा एमाले, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी अग्रस्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल