१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीमा विद्याको दोस्रो जित

८ मंसिर २०७९, बिहीबार १०:५९

मंसिर ८, कास्की | नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उहाँ उपनिर्वाचनमा पनि विजयी हुनुभएको थियो । 


त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी हुनुभएको थियो । 

आसन्न निर्वाचनमा पनि उहाँका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उहाँका अगाडि थियो । तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उहाँ विजयी हुनुभयो ।  

शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उहाँका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उहाँले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा हुनुहुन्छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवको जिम्मेवारी पूरा गर्नुका साथै महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेर काम गर्नुभएका उहाँ हाल नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड