Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

समानुपातिकतर्फ ८३ लाख ३२ हजार मत गनियो, कुन दलको कति मत ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ११, काठमाडौँ |</b> निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म कूल ८३ लाख ३२ हजार १०१ मत गणना भएको छ । आइतबार बिहा ८:३० बजेसम्मको मत परिणामअनुसार नेकपा एमाले २२ लाख ९४ हजार ९८७ मतसहित शीर्ष स्थानमा रहेको छ । दोस्रोमा रहेको&nbsp; नेपाली कांग्रेसले २१ लाख ९७ हजार २३० पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ९ लाख ६२ हजार ८५५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २० हजार ३८२ मत प्राप्त गरेको छ ।&nbsp;<br></p><p>त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८५ हजार ६०२ मत पाएको छ । यस्तै जसपाले २ लाख ८२ हजार २२८ मत पाएको छ । एकीकृत समाजवादी पार्टीले २ लाख १९ हजार ५९ मत पाएको छ । हाल मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।</p>