१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ वर्षीय बालकलाई अजिंगरको मुखबाट बचाए हजुरबुवाले

११ मंसिर २०७९, आईतवार ०७:३९

एजेन्सी | आफूभन्दा ३ गुणा लामो अजिंगरको आक्रमणबाट ५ वर्षका एक बालक नराम्ररी घाइते भएका छन् । आक्रमणपछि अजिंगरले ती बालकलाई घिसारेर स्विमिङ पुलसम्म लगेको थियो । यस क्रममा अजिंगरले बच्चालाई धेरै ठाउँमा टोक्यो पनि ।

संयोगवश, त्यसतिबेला यस बालकका बुवा र हजुरबुवा स्विमिङ पुल वरिपरि नै थिए ।​ उनीहरुले तत्कालै बच्चालाई अजिंगरको पकडबाट छुटाउन सफल भए ।


५ वर्षीय ब्यू ब्लेक खासमा आफ्नो घरको स्विमिङ पुलमा स्विमिङ गर्ने तयारीमा थिए । त्यति नै बेला झाडीमा लुकेर बसेको अजिंगरले उनीमाथि हमला गरे ।

ब्यूका पिता बेन भन्छन्, ‘घटनाका बेला ब्यू स्विमिङ पुलको किनारामा टहलिरहेका थिए । मलाई लाग्छ कि अजिंगर पुलको किनारामा भएका झाडीमा शिकारको खोजीमा लुकेर बसिरहेको थियो । मैले नजिकैको झाडीबाट कालो छायाँजस्तो आकृति बाहिर निस्किएको देखे र उसले ब्यूको खुट्टातिर समात्यो ।’

पुलको छेउमा रहेका बालकका ७६ वर्षीय हजुरबुवाले तुरुन्तै स्विमिङ पुलमा हाम फालेर अजिङ्गरसहित बालकलाई स्विमिङ पुलबाट बाहिर निकाले ।

मेलबर्न रेडियो स्टेशन थ्रीएडब्ल्यूसँग घटनाबारे कुरा गर्दै ब्यूका पिता बेनले भने, ‘बुवाले ब्यूलाई मतिर फ्याँकेपछि मैले १५–२० सेकेन्डमा उसलाई अजिंगरको चंगुलबाट छुटाएँ । त्यसपछि मैले करिब १० मिनेटसम्म अजिंगरलाई समातिरहेँ ताकि बुवा र बच्चालाई शान्त पार्न सकूँ । उनीहरु दुबैजना नराम्रोसँग डराएका थिए ।’

यतिबेला बचचाले पनि पूरा हिम्मत देखाए । उसलाई खासै धेरै चोट लागेन ।

बेनले भने, ‘एकपटक बच्चाको शरीरबाट रगत सफा गरेपछि हामीले उसलाई नडराउन भन्यौँ । उसलाई अजिंगर विषालु हुँदैन पनि भन्यौँ ।’

बेनको परिवार अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तको तटीय शहर बायरन बेमा बस्छ । घटनापछि बेनले आफूले बच्चाको शरीरको घाउलाई नियालिरहेको बताए । घाउबाट संक्रमण नहोस् भनेर उनले सुनिश्चित गरिरहेका छन् ।

रेडियो स्टेशनसँगको कुराकानीमा बेनले उक्त इलाकामा अजिंगर पाइनु निकै सामान्य भएको बताएका छन् । बच्चालाई छुटाएपछि बेनले अजिंगरलाई पुनः झाडीमा  फ्याँकिदिए ।

उनले भने, ‘रोचक कुरा के छ भने छोडेपछि अजिंगर ‘सिन अफ क्राइम’ तर्फ फिर्ता भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा