Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुचुल्काभन्दा बढी मत भेटिएपछि रोकियो बाजुराको मतगणना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १६, बाजुरा | निर्वाचन सम्पन्न भएको १२औँ दिनमा थालिएको बाजुराको मतगणना पुन रोकिएको छ । बिहीबारबाट थालिएको मतगणना शुक्रबार पुनः मुचुल्काभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको गणना रोकिएको हो ।

हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी ४० मत देखिएपछि गणना रोकिएको हो ।

मतगणनाको पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले ५ हजार ४१९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मतसहित पछ्याइरहेका छन् ।

बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ ।