Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी ५ फाइदा

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, काठमाडौँ । ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । धेरैले यसलाई हरियो काउली समेत भन्छन् । ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै ब्रोकली खानु मधुमेहका लागि पनि फाइदाजनक हुन्छ । ब्रोकलीले शरीरलाई लामोसमयसम्म स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली धेरै तरिकाले खान सकिन्छ । ब्रोकली बच्चाहरुलाई पनि खुवाउनुपर्छ । ब्रोकलीको नियमित सेवनले शरीरमा धेरै रोग लाग्नबाट बचाउँछ । जाडोमा ब्रोकली खानुका फाइदाबारे जानकारी लिऔँ ।

तौल नियन्त्रण गर्छ

ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । ब्रोकली खाँदा छिटो भोक लाग्दैन । त्यसैले पनि यसले तौल घटाउन सघाउने गर्छ । ब्रोकलीलाई हल्का भुटेर वा तरकारी बनाएर सजिलै खान सकिन्छ ।

कलेजोका लागी लाभदायी

ब्रोकली कलेजोका लागि निकै फाइदाजनक हुन्छ । ब्रोकली नियमित खाँदा फ्याटी लिभरको समस्याबाट छुटकारा मिल्छ । ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

हड्डी बलियो बनाउँछ

ब्रोकलीले हड्डी बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । ब्रोकलीलाई सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ । कतिले यसको सूप बनाएर पिउने गर्छन् ।

प्रतिरक्षा बलियो बनाउँछ

ब्रोकलीले शरीरलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन ।

गर्भावस्थामा लाभदायी

ब्रोकली गर्भावस्थाको लागि धेरै लाभदायी हुन्छ । यसमा पाइने क्याल्सियमले बालबालिकाको हड्डीलाई मजबुत बनाउँछ र उनीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा महिलालाई कमजोरी महसुस हुँदैन । ब्रोकली खाँदा महिला तथा बालबालिका दुवै स्वस्थ रहन्छन् ।

ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि तपाईंलाई कुनै रोग वा एलर्जी छ भने ब्रोकली सेवन गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस् ।