१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाविरुद्ध नेमार फर्किने सम्भावना

१९ मंसिर २०७९, सोमबार ०८:३८

मङ्सिर १९, काठमाडौँ | पाँचपटकको विजेता ब्राजिलले सोमबार एसियन राष्ट्र दक्षिण कोरियाको सामना गर्नेछ । समूह ‘जी’बाट ब्राजिलले सुरुवाती दुई खेल जित्दै अन्तिम १६ को स्थान पक्का गरेको थियो । अन्तिम खेलमा ब्राजिल इतिहासमै पहिलोपटक क्यामरुनसँग १–० ले पराजित भयो । शतप्रतिशत नतिजाका साथ नकआउट चरणमा पुग्ने ब्राजिलको लक्ष्य पूरा भएन । तर, दक्षिण कोरियासँगको प्रतिस्पर्धामा ब्राजिलले क्यामरुनसँग दोहोर्‍याएको गल्ती नगर्ने पक्षमा छ । 


क्यामरुनविरुद्ध दक्षिण अमेरिकी टोली ब्राजिलले अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो । दक्षिण कोरियाले आफ्नो समूहको अन्तिम खेलमा पोर्चुगललाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको थियो । स्टेडियम ९७४ मा हुने प्रि–क्वार्टरफाइनल खेलअघि ब्राजिलले आफ्ना स्टार खेलाडी नेमारलाई खेलाउने सम्भावना छ । चोट बोकेका नेमारले आइतबार अभ्यास थालेका छन् । पहिलो खेलमा सर्बियालाई पराजित गर्दा नेमार घाइते भएका थिए । 

एसियाली राष्ट्रविरुद्ध ब्राजिल ‘फ्रेस फेस’मा हुनेछ । गाब्रियल जेसुस र एलेक्स टेल चोटग्रस्त हुँदा अन्तिम १६ मा उपलब्ध हुनेछैनन् । नेमार फर्कंदा रिचार्लिसन, भिनिसियस जुनियर, राफिन्हा, कासेमेरोजस्ता खेलाडी रहँदा फिफा वरीयतामा शीर्ष स्थानमा रहेको ब्राजिल बलियो स्थितिमा देखिन्छ । अग्रपंक्तिमा युवा खेलाडी रिचार्लिसनसँग प्रशिक्षक टिटेले धेरै आशा गर्दछन् । 

उनले विश्वकपमा दुई गोल गरेका छन् । चोटमुक्त हुँदै फर्किंदा नेमारले ‘प्लेइङ सेट’मा खेल्ने या नखेल्ने पक्का हुन सकेको छैन । समूह ‘एच’बाट दक्षिण कोरिया उपविजेता हुँदा उरुग्वेलाई गोलअन्तरमा पछि पारेको थियो । विपक्षी पोस्टमा धेरै गोल गरेका कारण दक्षिण कोरियाको भाग्य खुलेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह