२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा समानुपातिकबाट ८४ जना महिला आउने, कसले कतिजना पठाउनुपर्छ ?

२०७९, २१ मंसिर बुधबार ११:०२

मङ्सिर २१, काठमाडौँ | मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । यससँगै संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनुपर्ने कानूनी व्यवस्था कार्यान्वयनमा अघि बढेको छ । संघीय संसदमा राष्ट्रियसभा पनि पर्छ । त्यसैले राष्ट्रियसभा र प्रतिनिधिसभामा महिला के कति छन् भन्ने विषयमा सबैको चासो बढेको छ ।

संघीय संसद सचिवालयका अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा १८ जना महिला छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट ९ जनामात्रै महिला निर्वाचित भएका छन् । यसअनुसार अब संघीय संसदमा महिलाको संख्या २७ पुग्नेछ । यो भनेको ८ प्रतिशतमात्रै महिलाको संख्या हो । संघीय संसदमा ३३ प्रतिशत ८४ जना महिला पुर्‍याउन करिब २५ प्रतिशत महिलाको अभाव देखिएको छ ।

राष्ट्रियसभामा ५९ र प्रतिनिधिसभामा २७५ गरी संघीय संसद ३३४ सदस्यीय हो । यो संख्याको ३३ प्रतिशत महिला भनेको १११ जना हो । अहिले राष्ट्रियसभामा १८ जना र प्रतिनिधिसभाका ९ जना गरी २७ जना (८ प्रतिशत) मात्रै महिला छन् । यस आधारमा संघीय संसदमा नपुग ८४ जना महिला प्रतिनिधिसभाको समानुपातिकतर्फ आउनुपर्छ । समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका सात पार्टीले यो संख्या पूर्ति गर्नुपर्नेछ ।

कुन दलले कति जना पठाउनुपर्छ महिला ?

कांग्रेसबाट २८ महिला आउनेछन्

नेपाली कांग्रेसले ३३ प्रतिशत महिला पुर्‍याउन अब समानुपातिकबाट २८ जना पठाउनुपर्नेछ । यसअनुसार कांग्रेसको भागमा परेको ३२ सीटबाट बाँकी ४ जनामा मात्रै पुरुषले मौका पाउनेछन् ।

कांग्रेसबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा ११ जना छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट ५७ जितेको छ । अब समानुपातिकबाट ३२ थपेर सांसद संख्या ८९ जना पुग्नेछन् । दुवै सदनमा कांग्रेसबाट १०० जनाको प्रतिनिधित्व भएको छ । १०० जनामा ३३ प्रतिशत महिला अनिवार्य गर्दा ३३ जना नै महिला पुर्‍याउनुपर्छ ।

हाल कांग्रेसबाट राष्ट्रियसभामा ४ र प्रतिनिधिसभामा १ जना महिला पुगेका छन् । अब बाँकी २८ जना महिला प्रतिनिधिसभाको समानुपातिकबाट पठाउनुपर्ने भएको हो ।

एमालेले २१ जना महिला पठाउनुपर्ने

नेकपा एमालेबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा १७ जना रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरेर ७८ जना पुग्दैछन् । दुवै सदनमा एमालेबाट ९५ जनाको प्रतिनिधित्व हुनेछ । ९५ जनाको ३३ प्रतिशत भनेको ३२ जना महिला हो ।

अहिले राष्ट्रियसभामा ७ र प्रतिनिधिसभामा ४ गरेर एमालेका ११ जना महिला छन् । बाँकी २१ जना महिला प्रतिनिधिसभाको समानुपाकितर्फबाट पूर्ति गर्नुपर्नेछ । यसअनुसार बाँकी १३ जना पुरुषलाई मात्र समानुपातिकबाट संसदमा प्रवेश पाउने मौका मिल्नेछ ।

माओवादी केन्द्रबाट १२ जना आउने

नेकपा माओवादी केन्द्रबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा १५ जना रहेका छन् । प्रतिनिधिसभामा ३२ जना पुग्दैछन् । दुवै सदनमा माओवादीबाट ४७ जनाको प्रतिनिधित्व हुँदैछ । ४७ जनाको ३३ प्रतिशत १६ हो । राष्ट्रियसभामा माओवादीका ३ जना महिला छन् । प्रतिनिधिसभाको प्रत्यक्षबाट १ जनामात्रै निर्वाचित भएका छन् ।

यसअनुसार माओवादीले समानुपातिकबाट प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । माओवादीले समानुपातिकतर्फ १४ सीटमात्रै पाएको छ । जसअनुसार अब बाँकी २ सीटमा मात्रै पुरुषले ठाउँ पानेछन् ।

रास्वपाबाट ५ जना महिला अनिवार्य

राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियसभामा प्रतिनिधित्व छैन । उसको प्रतिनिधिसभामा मात्रै २० जनाको प्रतिनिधित्व हुने भएको छ । २० जनाको ३३ प्रतिशत अनिवार्य महिला पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार ७ जना महिलाको भाग पर्नेछ । रास्वपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ जना महिला निर्वाचित भइसकेका छन् । त्यसैले ५ जनामात्रै समानुपातिकबाट पूर्ति गरे पुग्छ ।

समानुपातिकतर्फ रास्वपाले १३ सीट पाएको छ । जसअनुसार बाँकी ८ सीटमा पुरुषले मौका पाउनेछन् ।

राप्रपाको भाग पनि ५ जना महिला

राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि राष्ट्रियसभामा प्रतिनिधित्व छैन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले ७ सीट जितेको छ । समानुपातिकतर्फ उसले ७ सीट पाउने भएको छ । यसअनुसार संघीय संसदमा १४ जनाको प्रतिनिधित्व हुँदैछ । १४ जनाको ३३ प्रतिशत भनेको ५ हो ।

यसअनुसार राप्रपाले समानुपातिकबाट ५ जना महिलालाई अनिवार्य संघीय संसदमा पठाउनुपर्नेछ । बाँकी २ सीटमा मात्रै राप्रपाले पुरुषलाई मौका दिने पाउनेछ ।

जसपाबाट ४ जना महिला आउने

जनता समाजवादी पार्टीबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा ३ जना रहेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ जना निर्वाचित भए । उसले समानुपातिकतर्फ ५ सीटको भाग पाउनेछ । यसअनुसार दुवै सदनमा जसपाबाट १५ जनाको सहभागिता हुँदैछ । १५ जनामा ३३ प्रतिशत महिला पुर्‍याउन उसले ४ जना महिला अनिवार्य रुपमा समानुपातिक कोटाबाट पूर्ति गर्नुपर्छ । जसपाबाट एकजना महिलाको राष्ट्रिय सभामा प्रतिनिधित्व छ ।

जनमतबाट २ जना महिला आउने

पहिलोपटक आम निर्वाचनमा भाग लिएको जनमत पार्टीको पनि राष्ट्रियसभामा प्रतिनिधित्व छैन । उसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सीट जितेको छ । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएको जनमतले ५ सीट पाउनेछ । यसअनुसार संघीय संसदमा जनमत पार्टीबाट ६ जनाको उपस्थिति रहेनछ ।

६ जनाको ३३ प्रतिशत २ हो । यसअनुसार समानुपातिकबाट जनमतले २ जना महिलालाई संसदमा पठाउनुपर्नेछ । बाँकी ३ सीटमा मात्रै जनमतले पुरुष पठाउन पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट