१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने

२२ मंसिर २०७९, बिहीबार ०५:५६

मङ्सिर २२, काठमाडौँ | रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो। तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।


निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्। प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको समानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले दाबी गरे।

‘प्राइमरी इलेक्सन र बन्द सूचीमा बुझाइएका नामको क्रमअनुसार सांसद चयन हुनुपर्छ। प्राइमरी इलेक्सनमा कम भोट ल्याउनेहरूलाई पनि सांसद बनाउने हो भने जनतालाई प्राइमरी इलेक्सनको नाममा झुक्याउने काम किन गरियो?’ ती उम्मेदवारले प्रश्न गरे। रास्वपाको समानुपातिक सांसद छनौट गर्दा विधि पद्धति र सिद्धान्त मिच्न खोजेकोले खबरदारी गर्न आज बिहान ११ बजेपछि पार्टी कार्यालयमा खबरदारी सभा गर्न लागिएको ती उम्मेदवारले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह