२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने

२०७९, २२ मंसिर बिहीबार ०५:५६

मङ्सिर २२, काठमाडौँ | रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ। रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो। तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।


निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्। प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको समानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले दाबी गरे।

‘प्राइमरी इलेक्सन र बन्द सूचीमा बुझाइएका नामको क्रमअनुसार सांसद चयन हुनुपर्छ। प्राइमरी इलेक्सनमा कम भोट ल्याउनेहरूलाई पनि सांसद बनाउने हो भने जनतालाई प्राइमरी इलेक्सनको नाममा झुक्याउने काम किन गरियो?’ ती उम्मेदवारले प्रश्न गरे। रास्वपाको समानुपातिक सांसद छनौट गर्दा विधि पद्धति र सिद्धान्त मिच्न खोजेकोले खबरदारी गर्न आज बिहान ११ बजेपछि पार्टी कार्यालयमा खबरदारी सभा गर्न लागिएको ती उम्मेदवारले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट