Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रास्वपाले समानुपातिकबाट ककसलाई पठाउँदै छ संसदमा ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २२, काठमाडौँ | पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको छ ।

गठनको छोटो समय भएकाले देशभर संगठनको फैलावट पुगिनसकेको भए पनि उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । यसबाट उसले थप १४ सिट प्राप्त गरेर संसदको चौथो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

यी हुन् रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावित उम्मेदवारहरु

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा राना मगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. गणेश कार्की (खस आर्य पुरुष)

१०. दीपक बोहोरा (खस आर्य पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको वर्ग महिला)