२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार

२०७९, २२ मंसिर बिहीबार ०८:२१

मङ्सिर २२, काठमाडौँ | गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् ।

पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए ।


अर्का हलिउड अभिनेता विल स्मिथ सन् २०२२ मा दोस्रो सर्वाधिक खोजी गरिएका कलाकार बने । गत मार्च २७ मा आयोजित ओस्कार अवार्ड समारोहमा सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि अभिनेता स्मिथ चर्चामा आए ।

सूचीको तेस्रो स्थानमा हलिउड अभिनेत्री एम्बर हर्ड रहिन् । पूर्वपति तथा अभिनेता जोनी डेपसँगको सम्बन्धविच्छेदको अदालती प्रकरणले उनलाई पनि चर्चामा ल्यायो । यी तीनै जना कलाकार सर्वाधिक खोजीको सूचीमा पर्नु स्वभाविक नै हो ।

अन्य कलाकारहरु क्रिस रक, जाडा पिन्केट स्मिथ, जोसेफ क्वीन, इभान पिटर्स, एन्ड्रियु गारफिल्ड, जुलिया फक्स, एज्रा मिलर पनि सूचीमा अटाएका छन् । क्रिस रक चौथो र जाडा पिन्केट पाँचौं स्थानमा छन् ।

‘स्ट्रेन्जर थिङ्स’ स्टार जोसेफ क्वीन छैटौं, ‘अमेरिकन हरर स्टोरी’ स्टार इभान पिटर्स सातौंमा छन् । स्पाइडरम्यान अभिनेता एन्ड्रियु गारफिल्ड आठौंमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट