पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २२, काठमाडौँ | यूरोपको राहदानीमुक्त सेन्जेन यात्रा क्षेत्रमा सामेल हुन युरोपेली संघ (इयू)का मन्त्रीको बिहीबार बसेको बैठकले बुल्गेरिया र रोमानिया थप निराशाको डरमा छन् ।

युरोपियन युनियनका दुई गरिब मुलुक युरोपका बाँकी देशसँग सहज व्यापार गर्न चाहन्छन् तर विशेष गरी तेस्रो देशबाट बसाइँसराइलाई लिएर अस्ट्रियाको चिन्ताको सामना गरिरहेका छन् ।

ब्रसेल्समा हुने इयूका न्याय मन्त्रीको बैठकमा रोमानिया र बुल्गेरियाका साथै क्रोएसियाका बोलपत्रमाथि बहस हुनेछ, जसको अनुरोधले स्वीकृतिका लागि सममति जुट्ने अपेक्षा गरिएको छ ।

“छलफलका लागि सेन्जेनको प्रवेश दर्जनौँ पटक स्थगित गरिएको छ । बुल्गेरिया र रोमानियालाई छुट्याउने गिर्गु सीमा चौकीमा चार किलोमिटर लामो लाइनमा फसेका चालक एलेक्जेन्ड्रु बिर्नियाले भन्नुभयो, “सहमति जुट्नेमा मलाई एक रति पनि विश्वास छैन ।”

सेन्जेन जोनमा प्रवेश गर्दा ४० करोडभन्दा बढी मानिस आफ्ना २६ सदस्य राष्ट्रको वरिपरि निर्वाधरूपमा आवतजावत गर्न सक्षम हुनेछन् र यसले बिर्नियाजस्ता पूर्वीयुरोप हुँदै यात्रा गर्ने हजारौँ ट्रक ड्राइभरको जीवनलाई धेरै सजिलो बनाउनेछ । तीमध्ये चार राष्ट्र इयूबाहिर छन् ।

“हामी यी अन्तहीन लाइनमा धेरैभन्दा धेरै समय बर्बाद गर्नबाट बच्न चाहन्छौँ,” बिर्नियाले दुखेसो पोख्दै भन्नुभयो । “यसले हाम्रो कम्पनीको पैसा पनि खर्च गर्छ ।”