पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २४, काठमाडौँ | समानुपातिक सांसद चयनका लागि आज दलहरू छलफलमा जुटेका छन्। निर्वाचन आयोगमा असोज २ र ३ गते पेश गरेको बन्दसुची र प्राप्त सिटका आधारमा सांसद चयनका लागि दलहरू छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमा छलफल गरिरहेको छ । त्यस्तै नेकपा एमालेले ११ पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। माओवादी केन्द्रले भने सम्पूर्ण जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको सचिव साहले बताए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक सांसद चयनमा उत्पन्न विवाद समाधान गर्दै सुची तयारका लागि बैठक राखेको छ। दलहरूले दिउँसो चार बजेसम्म निर्वाचन आयोगलाई सुची पेश गर्नुपर्नेछ।

दलहरूले बुझाएको नाम बन्दसुची अनुसार रहे-नरहेको तथा प्राप्त सिट अनुसार महिलाको ३३ प्रतिशत सहभागिता र अन्य कलस्टर मिलेको वा नमिलेको बारे निर्वाचन आयोगले जाँचबुझ गरेर सोमबार अन्तिम सुची प्रकाशन गर्ने तयारी छ |