Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतीय र चिनियाँ सैनिकबीच झडप, १५ भारतीय सैनिक घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २७, काठमाडौँ | भारतको अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । गएको शुक्रबार त्यहाँ भारतीय र चिनियाँ सैनिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ ।

त्यसक्रमा दुवै पक्षका केही सैनिक घाइते भएका भारतीय सेनाले जनाएको छ । शुक्रबार भएको हिंसात्मक झडपमा हालसम्म १२ देखि १५ भारतीय सैनिक घाइते भएका बताइएको छ ।

अंग्रेजी पत्रिका द टेलिग्राफमा प्रकाशित समाचारका अनुसार रक्षा मन्त्रालयसँग सम्बन्धित एक स्रोतले सो झडपमा भारतीयभन्दा चिनियाँ सैनिक बढी घाइते भएका दाबी गरेका छन् ।

चिनियाँ सैनिकले सीमा पार गरेर भारत प्रवेश गर्न खोज्दा भारतीय सेनाले रोक्न खोजेका थिए । त्यसपछि दुवै पक्षबीच झडप भएको जनाइएको छ ।

पहिले दुई पक्षबीच झडप र त्यसपछि ढुंगा हानाहान भएको स्रोतलाई उल्लेख गर्दै द टेलिग्राफले जनाएको छ । झडपमा चिनियाँ सैनिकले किला ठोकिएको लाठीको प्रयोग गरेका थिए ।