पढ्न करिब 1 मिनेट लाग्छ

पुस ५, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाधिक लोकप्रिय मत पाएर ‘म्यान आफ दि इलेक्सन’ को उपाधी प्राप्त गरेका छन् ।

आज एमालेले एक विशेष कार्यक्रमको आयोजना गर्दै ओलीलाई यो उपाधीद्वारा सम्मान गरेको हो ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापा ५ बाट उनले ५२ हजार ३१९ मत ल्याउँदै विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले धाँधली, षड्यन्त्र र बुथ क्याप्चरका बीचमा पनि सबै परिस्थितीलाई पराजित गर्दै नेकपा एमाले देशको सर्वाधिक लोकप्रिय पार्टीमा उदाएको बताए । आगामी दिनमा यो भन्दा महान् सफलताको तयारीमा आजैदेखि जुट्ने उनको प्रतिबद्धता छ ।