Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस ११, काठमाडौँ | रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन् ।

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर आइतबार छलफल गरेका थिए । रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ । तर केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?’ उनले प्रश्न गरेका छन्, ‘…हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं ?’

राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै आफूहरुले वकालत गरेको स्मरण गर्दै कार्कीले प्रश्न गरेका छन्, ‘हामीले आफ्नो तर्फबाट राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकौंला ? खारेजै गर्नुपर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौंला ? हाम्रो पार्टीको चरित्र र हिजो हामीले आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ?’