पढ्न करिब 1 मिनेट लाग्छ

पुस १२, काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा अनुगमन गर्दा मापदण्ड अनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अभिमुखीकरण तालिमहरू मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थाहरूमा अनुगमन गरेको थियो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा अभिमुखीकरण तालिम लिनु पर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाहरूले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन् ।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनु पर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यस्तै १५ दिन भित्र कार्यविधिले तोकेको मापदण्ड पुरा गरी विभागलाई जानकारी गराउन पनि सबै अभिमुखीकरण तालिम प्रदायकहरूलाई विभागले सूचित गरेको छ ।

यसका साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समय भित्रै अनलाइनमार्फत गर्न थालिने पनि विभागले जानकारी दिएको छ ।