१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा चम्किएका नेदरल्यान्डका युवा फर्वार्ड ग्याक्पो लिभरपुलमा अनुबन्ध

१२ पुष २०७९, मंगलवार ०७:४०

पुस १२, काठमाडौँ । कतार विश्वकपमा चम्किएका डच खेलाडी कोडी गाक्पोलाई इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउने भएको छ।

२३ वर्षीय गाक्पो हाल घरेलु क्लब पीएसभी एन्डधोभन खेलिरहेका छन्। स्ट्राइकर गाक्पोको ३ गोल मदतमा नेदरल्यान्ड्स हालै सम्पन्न विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। उनले समूहगत चरणका तीनवटै खेलमा गोल गरेका थिए।


एन्डधोभनले ४० देखि ५० मिलियन युरोमा गाक्पोलाई लिभरपुललाई विक्री गर्न लागेको बिबिसीले उल्लेख गरेको छ। उक्त क्लबले आफ्नो इतिहासकै कीर्तिमानी ट्रान्सफर हुन सक्ने उल्लेख पनि गरेको छ।

गाक्पोले यो सिजन घरेलु लिगमा खेलेका १४ खेलमा ९ गोल गरेका छन् भने १२ गोलमा असिस्ट रहेको छ। यस्तै युरोपा लिगमा ३ गोल र दुई असिस्ट गरेका छन्। लुइस डियाज र डिएगो जोताजस्ता खेलाडी घाइते रहेपछि लिभरपुलले उनीहरुको विकल्प तयार गरेको हो।

डच टोलीका कप्तान भर्जिल भान डायक लिभरपुलमा रहेकाले पनि उदयीमान स्टारको पहिचान बनाइरहेका गाक्पोलाई बलियो इङ्लिस क्लबमा जान सजिलो बनेको हो। भान डायकले पनि खुसी व्यक्त गरेका छन्। गाक्पो सन् २०१८ यता एन्डधोभनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह