१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको दाबी यी पाँच मन्त्रालयमा, तीनभन्दा दिन नसकिने ओली र प्रचण्डको अडान

१२ पुष २०७९, मंगलवार १०:०६

पुस १२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ । उप तथा गृह मन्त्रालयको शपथ लिइसकेका रवि लामिछानेले सत्ता गठबन्धनका सात दलका नेताको बैठकमा आफूहरुलाई पाँच मन्त्रालय चाहिने अडान राखेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार शिक्षा र स्वास्थ्यमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान रास्वपाको छ । त्यस्तैगरी कानुन, कृषि, पर्यटन र युवा तथा खेलकूद मन्त्रालय पाउनुपर्ने दाबी सो पार्टीको रहेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले तीनभन्दा दिन नसकिने अडान राखेका छन् । रविबाहेक बाँकी दुई मन्त्री पठाउन भनेको स्रोतले जानकारी दिएको छ ।

रास्वपाले आफ्नो सांसदको विज्ञताअनुसार मन्त्रालय तोक्ने तयारी गरेको छ । ३२ सिट रहेको माओवादीले प्रधानमन्त्रीसहित सात सिटमा दाबी गर्दा हामीले पाँच सिटमा दाबी गर्न किन नहुने ?सो पार्टीका एक नेताले भने । 

सत्ता गठबन्धनको बैठकमा कुन कुन मन्त्रालय पाउने हो त्यहीअनुसार विज्ञता रहेका सांसदलाई पठाउने तयारी गरेको सो पार्टीले जनाएको छ । २५ वटा मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको भए पनि नेकपा एमालेले १० मन्त्रीमा दाबी गरेको छ । जसमध्ये चार जनालाई पठाइसकेको छ । एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई सरकारमा पठाइसकेको छ ।

बाँकी तीन जनाको भने मन्त्रालय अझै टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र उपप्रधानमन्त्री लिइसकेको छ भने बाँकी ६ मन्त्रालयमा दाबी गरेको छ । सत्ता साझेदार दलहरु जसपाले ३, जनमत पार्टीले २ र नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरेका छन् । अब बस्ने अध्यक्षसहितको बैठकले प्याकेजमै सहमति गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह