पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस २०, काठमाडौँ | </b>नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २३ गते पार्टीको संसदीय दल बैठक र २८ गते केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । <br></p><p>प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकालाई त्यसलाई केन्द्रित गर्दै संसदीय दलको बैठक डाकिएको हो । केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते १ बजे बस्नेछ । </p><p>यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तय गरेपनि ६ दिन पर सारिएको हो।</p>

