२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट

२०७९, २२ पुष शुक्रबार ०३:५६

पुस २२, काठमाडौँ | नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटघाटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायत विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । “प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयबारे जानकारी गराए”, उहाँले भन्नुभयो ।  

यस्तै, नेजाका अध्यक्ष न्यौपानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराउनुभएको थियो । 

“अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराए”, नेजा अध्यक्ष न्यौपानेले भन्नुभयो ।  भेटघाटका अवसरमा उहाँले प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँ सुर्खेतमा आयोजना गरिएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभामा भाग लिन अमेरिकाबाट नेपाल आउनुभएको हो । अध्यक्ष न्यौपानेले महासङ्घसँग समन्वय गरी नेजाले आगामी दिनमा खेल्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफलसमेत गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट