पढ्न करिब 2 मिनेट लाग्छ

पुस २५, काठमाडौं | ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डूबीच मर्जरप्रश्चात पुस २५ गतेदेखि एकिकृत कारोबार शुरू भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्लोबल आइएमइ बैङ्क र बैङ्क अफ काठमाण्डूको ‘एकीकृत कारोबार’ शुभारम्भ समारोहको उद्घाटन गरेका थिए ।

मर्जरप्रश्चात ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो । संयुक्त कारोबार प्रयोजनका लागि बैङ्क अफ काठमाण्डूको पुस २२ गतेदेखि २४ गतेसम्म बैङ्किङ कारोबार पनि बन्द भएको थियो । बैङ्क अफ काठमाण्डूको डेटा माइग्रेसनका लागि दुई दिन बैङ्किङ कारोबार नै बन्द गरेको थियो ।

मर्जरको अवसरमा दुई बैरूकले संयुक्तरूपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजनासमे गरेका थिए । यसअघि दुवै बैङ्कका साधारणसभाबाट ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैङ्कबाटसमेत अन्तिम स्वीकृती प्राप्त भइसकेको थियो।

मर्जर पश्चात् बैङ्कको कूल पुँजी ५७ अर्ब रुपैँया, चुक्ता पूँजी ३५.७७ अर्ब रुपैँया, कूल निक्षेप ४०८ अर्ब रुपैँया, कूल कर्जा ३७६ अर्ब रुपैँया भन्दा बढी पुगेको छ । मर्जर पछि बन्ने नयाँ बैङ्क कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैङ्क बनेको छ ।

नयाँ बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैङ्कको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैङ्क अफ काठमाण्डूको तर्फबाट दुई जना रहनेछन् ।

त्यसैगरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैङ्क लिमिटेडमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैङ्किङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई बैङ्क लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैङ्क बनेको छ ।