Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओलीको सम्बोधन– सरकार ढाल्ने खेलतिर नलागौं, लेट्स वर्क टुगेदर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २५, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने खेलतिर लागेर समय वर्वाद मात्र हुने टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकार ढाल्ने खेलतिर नलाग्न भनेका हुन्।

देशको आर्थिक अवस्था गम्भीर रहेको भन्दै सम्बोधन सुरु गरेका ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्बोधनमा जवाफ नदिने भन्दै सरकार ढाल्ने खेलमा नलाग्न चेतावनी दिए।

‘सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा वित्यो भने कहिले काम गर्ने? अव सांसदहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै सबैलाई देशका लागि सबैले काम गर्न म सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘आफूले सवै दलहरुलाई आग्रह गर्दछु। लेट्स वर्क टुगेदर। बन्न पाएको छैन विगार्ने खेलतिर लाग्यौ भने समयको बर्वादी हुन्छ।’

उनले हाम्रो समय रचानात्मक ढङ्गले हाम्रो समय उपयोग गनुपर्ने भन्दै देशका लागि उपयोग गर्न आग्रह गरे।

केही राजनीतिक कुरा प्रमुख प्रतिपक्ष दलका नेताले उठाएको भन्दै उनले आफू अहिले शुभकामना दिन आएकाले अन्य दिनमा छलफल गर्ने बताए।

ओलीले शान्ति प्रक्रियाको समाधान, राजबन्दीहरुको रिहाइ लगायत अन्य धेरै कुरा गर्नुपर्ने अवस्था रहेका बताए। उनले अब गम्भीर शिक्षा लिनुपर्ने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्ने बताए।