११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्सका कप्तान तथा गोलकिपर लोरिसद्धारा सन्यास घोषणा

२६ पुष २०७९, मंगलवार ०५:४६

पुस २६, काठमाडौँ | फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन ।

अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन ।

‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु । यो निकै कठिन निर्णय हो,’ लोरिसले भनेका छन् ।


लोरिस फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन । लोरिसले २०१२ देखी फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए ।

उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो ।

फ्रान्सले लोरिसकै कप्तानीमा सन् २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको हो ।

इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमका कप्तान लोरिसले फ्रान्सबाट तीन विश्वकपसहित ६ प्रमुख प्रतियोगिता खेले ।

लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह