Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि पार्टीको पोलिटब्यूरो तथा पछिल्लो सचिवालय बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसको अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको थियो ।

सचिवालय बैठकको निर्णयपछि पार्टीको संसदीय दलको बैठक बस्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभामा १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।