११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पाैडेलकाे दाैडधुप : माधव नेपालसँग गरे राष्ट्रपतिमा सहयोग गर्न आग्रह

१ माघ २०७९, आईतवार ०५:०४

माघ १,काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग‘राष्ट्रपति र सभामुख निर्वाचनमा सहयोग गर्न’  आग्रह गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत विषयमा एकीकृत समाजवादी अध्यक्ष र कांग्रेस वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको हो ।

एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार दुई नेताबीच भेटघाट भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेपाललाई भेट्न पौडेल समाजवादी पार्टी कार्यालय आलोकनगर पुगेका थिए । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम विषयमा करिब एक घण्टा छलफल भएको थियो ।

‘राष्ट्रपति’ बन्ने दौडमा रहेका पौडेलले राष्ट्रपति निर्वाचनमा नेपालसँग यसअघिसमेत भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन् ।

आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहित संघीय र प्रदेश सरकारबाट समेत बाहिरिनुपरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेस फेरि सत्तामा फर्किने रणनीतिअनुसार अघि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह