Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २, काठमाडौँ | उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । आज बेलुकी ५ बजे बैठक बस्न लागेको समिती सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि पौडेलले भने,'संयन्त्रका केही कार्यसूचीहरु बाँकी छन् । ती कार्यसूचीमा काम भइरहेको छ।'

पौडेलले यो सरकार सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने बताए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने पार्टीहरुको बैठक भोली बस्ने जानकारी दिएका थिए ।

सरकार सञ्चालन सघाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको  छ। सो संयन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्‍देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य रहेका छन्।