२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय भागबन्डा: राजेन्द्र लिङ्देनदेखि तोसिमा कार्कीसम्म– मन्त्रीमा अधिकांश नयाँ अनुहार [सूची]

२०७९, ३ माघ मंगलवार ०६:४४

माघ ३, काठमाडौं | सत्ता गठबन्धनको सोमबार राति सम्पन्न बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सहभागी थिए । आफूले जिम्मेवारी पाएको २२ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

प्रचण्डको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन् । यससँगै उपप्रधानमन्त्रीको संख्या ४ पुग्ने भएको छ । यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् ।

एमालेबाट

  • विमला राई पौडेल परराष्ट्र,
  • पदम गिरीलाई स्वास्थ्य,
  • हरि उप्रेतीलाई रक्षा,
  • ज्वालाकुमारी साहलाई कृषि,
  • दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
  • भगवती चौधरी
  • राजेन्द्र राई

माओवादी केन्द्रबाट

  • रेखा शर्मा सूचना तथा सञ्चार,
  • सुदन किराँती संस्कृति,
  • पर्यटन तथा नागरिक उड्डयन र
  • अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
  • माओवादीले सुशीला श्रीपालीलाई पर्यटन राज्यमन्त्री बनाउने भएको छ ।

रास्वपाबाट

  • डीपी अर्याल श्रम तथा रोजगार 
  • शिशिर खनाल शिक्षा मन्त्री
  • रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ ।

राप्रपाबाट

  • विक्रम पाण्डे शहरी विकास र
  • ध्रुवबहादुर प्रधान कानून मन्त्री
  • राप्रपाले कमल थापालाई पराजित गरी विजयी बनेका दीपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।

वन र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय भागमा परेको जसपाले असन्तुष्टि जाहेर गरेको छ । तत्काल सरकारमा नजाने बताउँदै जसपाले पदाधिकारी बैठक बोलाएको छ ।

सीके राउतको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानको पनि मन्त्रालय तोकिन बाँकी छ ।

मन्त्री बन्नेका तथा बन्न लागेकामध्ये विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, विक्रम पाण्डे र रेखा शर्माबाहेक अधिकांश नयाँ अनुहार हुन् । दामोदर भण्डारीचाहिँ यसअघि राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी