Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जसपा असन्तुष्ट भएपछि प्रधानमन्त्रीले आफैंसँग राखे २ मन्त्रालय [सूचीसहित]

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ३, काठमाडौँ | जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारमा सहभागी नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफूसँगै राखेका हुन् ।

ती दुवै मन्त्रालय जसपाको भागमा परे पनि जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएपछि प्रधानमन्त्रीले आफूसँगै राखेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार जसपालाई सरकारमा ल्याउनकै लागि ती दुवै मन्त्रालय प्रधानमन्त्रीले राखेका हुन्।

'जसपाले अहिले असन्तुष्टि देखाए पनि सरकारमा आउने कुरामा प्रधानमन्त्रीज्यू विश्वस्त हुनुहुन्छ। त्यही भएर ती दुवै मन्त्रालय उहाँले आफूसँगै राख्नु भएको हो,' स्रोतले भन्यो ।

२३ सदस्यीय मन्त्री परिषद्मा प्रधानमन्त्रीका अलावा ४ उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री छन् । कार्य विभाजनमा असन्तुष्टि जनाउँदै जनमतका अब्दुल खान समेत कार्यभार सम्हाल्न मन्त्रालय पुगेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरे पनि अन्तिम समयमा खानेपानी दिइएको भन्दै जनमत असन्तुष्ट बनेको हो ।