Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उपेन्द्रले मागे देउवासँग विश्वासको मत

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ५, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न काँग्रेसका सभापति शेरबहादुर देउवाकहाँ पुगेका छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथमा सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

अध्यक्ष यादवले भने, ‘मधेश प्रदेशमा हाम्रो पार्टीबाट मुख्यमन्त्री बन्नुभएको छ, उहाँलाई विश्वासको मत दिनुपर्छ भन्नका लागि देउवाजीलाई भेटेको हुँ ।’ विश्वासको मत माग्नुबाहेक अरु थप केही कुराकानी नभएको दावी उनले गरे । ‘अन्य राजनीतिक कुराकानी केही भएन, आवश्यक परेमा मात्र कुराकानी हुन्छ अहिले त्यस्तो आवश्यकता छैन’ उनले भने ।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।