२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत पार्टीले माग्यो थप एक मन्त्रालय

२०७९, ४ माघ बुधबार ०७:३४

माघ ५, काठमाडौँ | सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले  प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।


सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो ।  थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ ।

सो पार्टीले एउटा मात्र मन्त्रालय दिएमा उद्योग, वाणिज्य मन्त्रालय अथवा त्यो जस्तै कुनै अर्को मन्त्रालय दिनुपर्ने माग राखेको छ भने दुईटा दिने भए खानेपानी र वन मन्त्रालयको माग गर्दै आएको हो । मन्त्रालयको भागबन्डा मिलेमा सरकारमा सहभागी हुने नभए समर्थन फिर्ता लिने अवस्थामा जनमत पार्टी पुगेको छ । उक्त पार्टीले आजै केन्द्रीय समिति बैठक पनि बेलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन