पढ्न करिब 1 मिनेट लाग्छ

माघ ५, काठमाडौँ | नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि प्रतिनिधि सभामा उपस्थित रहेको सुनिन आएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका सांसद खतिवडाले भने, ‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न? हामी चिन्दैनौं।’

उनले हत्या अभियोग लागेका सांसद संसदमा भए मतदान प्रक्रियामा भाग लिन पाउने वा नपाउने निर्णय गरेर मात्रै सभा सञ्चालन गर्न माग गरेका थिए।

महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी कोइली महतोमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी अभियोग छ। उनलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो।

गृहमन्त्री लामिछानेले पटक-पटक सांसद महतोलाई पक्राउ गरिने बताइरहेका छन् तर उनी पक्राउ भएका छैनन्।