९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीसँगको भेटवार्ता लगत्तै प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा

१८ माघ २०७९, बुधबार ०६:३५

माघ १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । बुधबार बिहानै प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि उनी पार्टीका नेताहरुसँग आन्तिरिक छलफलमा जुटेका हुन् । नागरिकता विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको सांसद पद खारेज गरेसँगै उनी गृहमन्त्रीबाट स्वतः .पदमुक्त भएका थिए । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता प्राप्ति गरेका लामिछाने यतिबेला आफूलाई गैरसांसदको रुपमा छ महिनाका लागि पुन सोही मन्त्रालयमा फर्काउनका लागि एमाले अध्यक्ष ओली समक्ष अनुनय गरिरहेका छन् ।


एमाले अध्यक्ष ओली रबिलाई पुनः गृहमा पर्काउन सकारात्मक भएपनि प्रधानमन्त्री प्रचण्ड गैरसांसदका रुपमा रबिलाई गृहमा फर्काउन तयार छैनन् । यसबीचमा प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको रबिलाई गृहमा फर्काउन पर्ने दवाब छ । साथै, रबि आफैंले प्रधानमन्त्री प्रचण्डलाई लगातार भेटिरहेका छन् । रबि र प्रचण्डबीच हिजो भएको भेटमा उनले गृहमन्त्रीमा नियुक्तिका लागि पाँच बजेसम्मको अल्टिमेन्टम दिएपनि त्यसमा प्रचण्ड सरकारात्मक देखिएनन् ।

प्रचण्डले पार्टीका दुई प्रभावशाली नेता वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग गृहमन्त्रालय कसलाई दिने भन्ने बारेमा छलफल गरिरहेका छन् । सरकारको नेतृत्व गरेको दलले नै राज्यको आन्तरिक प्रशासन हेर्ने गृह मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रका नेताहरुको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो