९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्धारा अस्वीकार

१८ माघ २०७९, बुधबार ११:२७

माघ १८, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने जिकीर गरिएको रिटलाई दरपिठ गरेको छ। सर्वोच्चले प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसदलाई भएकाले अदालतवाट ब्याख्या गर्न नमिल्ने भन्दै सार्वजनिक सरोकारमा आएको उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो।
अधिवक्ता विमल पोखरेलले ल्याएको रिट सर्वोच्चको मुद्दा फाँटले नै दरपिठ गरिदिएको हो। 


सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले संसदको अधिकार क्षेत्रभित्र अदालत प्रवेश गर्न नमिल्ने भन्दै दरपिठ गरेका हुन्।
रिटमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने जिकिर गरिएको छ। पुस २६ प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको विश्वासको मत पाएका थिए।
सरकारलाई विश्वासको मत पनि दिने अनि संसद्मा प्रमुख प्रतिपक्षको सुविधा लिनु गैरसंसदीय अभ्यास हुने र उक्त कुरा संविधानविपरीत हुने जिकीर रिटमा गरिएको थियो। रिटमा काग्रेसलाई प्रमुख प्रतिपक्ष दलको सुविधा दिने निर्णय बदर गर्नुपर्ने माग गरिएको थियो।
पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्दै संसद्को प्रमुख प्रतिपक्ष दलको नेता तोक्ने कार्य पुनः गर्नु भनि संसद सचिवालयका नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो