२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप प्रकरणमा प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको प्रश्न– बधाई दिने कि अदालत कुर्ने?

२०७९, २० माघ शुक्रबार १०:२०

माघ २०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सामेल गराइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न गरेका छन्। खेलकुद मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीले सम्हालिरहेको स्मरण गराउँदै शर्माले सन्दीपका विषयमा बधाई दिने कि अदालत कुर्ने? भन्दै प्रश्न गरेका हुन्। 

सामाजिक सञ्जाल ट्विटरमा शर्मा लेख्छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँदछु कि सहि भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस्।’ शर्माले मौनता जिम्मेवार जवाफ नहुने पनि उल्लेख गरेका छन्। 


महामन्त्री शर्माले बलात्कारका आरोपी सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षयलाई समेत प्रश्न गरेको बताएका छन्। उनले क्यानका अध्यक्षसँग फोनमा कुराकानी गरेको जानकारी दिँदै ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’ भनेर प्रश्न गरेको बताएका छन्।

नाबालिकालाई जबरजस्ती करणीको अभियोग लागेका लामिछाने उच्च अदालत पाटनको पुस २९ गतेको आदेशपछि थुनामुक्त भएका थिए। काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले भने शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको थियो। उच्च अदालत पाटनको आदेशअनुसार थुनामुक्त भएपछि क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवा गरेर उनलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समेत समावेश गराइएको छ।फागुन पहिलो साता घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइएको हो। 

बलात्कार आरोपीलाई बन्द प्रशिक्षणमा समावेश गराइएको बन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले सन्दीपलाई बन्द प्रशिक्षणमा समावेश गरिएको निर्णयविरुद्ध ‘बाइकट क्यान’ अभियान समेत चलाएका छन्। बाइकट क्यान अभियानका अभियन्ताहरुले शनिबार दिउँसो १ बजे काठमाडौंको माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी