९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप प्रकरणमा प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको प्रश्न– बधाई दिने कि अदालत कुर्ने?

२० माघ २०७९, शुक्रबार १०:२०

माघ २०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सामेल गराइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न गरेका छन्। खेलकुद मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीले सम्हालिरहेको स्मरण गराउँदै शर्माले सन्दीपका विषयमा बधाई दिने कि अदालत कुर्ने? भन्दै प्रश्न गरेका हुन्। 

सामाजिक सञ्जाल ट्विटरमा शर्मा लेख्छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँदछु कि सहि भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ भन्नोस्।’ शर्माले मौनता जिम्मेवार जवाफ नहुने पनि उल्लेख गरेका छन्। 


महामन्त्री शर्माले बलात्कारका आरोपी सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षयलाई समेत प्रश्न गरेको बताएका छन्। उनले क्यानका अध्यक्षसँग फोनमा कुराकानी गरेको जानकारी दिँदै ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’ भनेर प्रश्न गरेको बताएका छन्।

नाबालिकालाई जबरजस्ती करणीको अभियोग लागेका लामिछाने उच्च अदालत पाटनको पुस २९ गतेको आदेशपछि थुनामुक्त भएका थिए। काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले भने शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको थियो। उच्च अदालत पाटनको आदेशअनुसार थुनामुक्त भएपछि क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको छ। निलम्बन फुकुवा गरेर उनलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समेत समावेश गराइएको छ।फागुन पहिलो साता घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा बोलाइएको हो। 

बलात्कार आरोपीलाई बन्द प्रशिक्षणमा समावेश गराइएको बन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले सन्दीपलाई बन्द प्रशिक्षणमा समावेश गरिएको निर्णयविरुद्ध ‘बाइकट क्यान’ अभियान समेत चलाएका छन्। बाइकट क्यान अभियानका अभियन्ताहरुले शनिबार दिउँसो १ बजे काठमाडौंको माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो