२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्काका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौड्यालको भेट

२०७९, २१ माघ शनिबार ०३:०२

माघ २१, काठमाडौँ | परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा श्रीलङ्काका प्रधानमन्त्री गुणबद्र्धनेले नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गर्नुभएको थियो ।

शुक्रबार नै उहाँ श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हनुभएको थियो । परराष्ट्रमन्त्री पौड्याल आज बिहान सूर्योदयसँगै श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुनुभयो । उहाँले आज दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन