२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पल शाहलाई सफाइ दिएको विरोधमा उच्च अदालत पोखरा बाहिर प्रदर्शन

२०७९, १९ फाल्गुन शुक्रबार ०७:४९

फागुन १९, पोखरा | बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले सफाइ पाएको भन्दै किशोरीहरूले उच्च अदालत पोखरा बाहिर धर्ना दिएका छन् । कलाकार शाहलाई अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै धर्ना दिएका हुन् ।


‘गलत नजिर प्रतिपादन गर्न बन्द गर’,  ‘पितृसत्ताको पहरेदार बनेका न्यायालय होसियार’,  ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका हुन् । धर्नामा सहभागी सलिजा श्रेष्ठले अदालतले जुन नजिर बनाएर पलविरुद्धको फैसला गर्‍यो यसलाई तत्काल सच्चाउनुपर्ने बताइन्  ‘फागुन १४ गते अदालतले जुन पिडकलाई न्याय दिने काम भयो । यसले यौन हिंसामा पीडितलाई न्याय दिनुपर्ने भन्दा पनि आहत पुगेको छ,’ उनले भनिन्, ‘नवलपुर जिल्ला अदालतले बाल यौन दुराचार फैसला गरे पनि उच्च अदालतले बदर गरेर न्यायालयप्रति नै मानिसहरूको विश्वास गुम्ने खतराविरुद्ध हाम्रो प्रदर्शन हो ।’

अदालतले गरेको फैसलाले न्यायको पर्खाइमा बसेका पीडितहरूलाई अन्याय गरेकाले उक्त फैसलालाई तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै गत वर्षको फागुन ११ शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी विरुद्ध तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरिएको थियो । उनलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन’ भन्दै पुर्पक्षका लागि थुनामा पठाइएको भए पनि उच्च अदालतले सफाइ दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल